जनकनन्दनी संवाददाता र जनकपुरधाम
खासगरी राजनिवास, रजनिगन्धा जस्ता नामका गुट्खाको अबैध ब्यापार सबैभन्दा धैरै हुने केही भुक्तभोगी हरुको भनाई छ । नेपाली भन्दा भारतिय गुट्खाको गुणस्तर राम्रो रहेको बहानामा अबैध गुट्खाको व्यापार फस्टाएको देखिएको छ । अबैध तरीकाबाट भित्रीएको गुट्खाको ब्यापार सिमावर्ती र तराईका जिल्लामा मात्रै सिमित छैन । संंघिय राजधानीमा समेत अबैध गुट्खाको कारोबारमा अब्बल रहेको कुरा अब कसैबाट छिपेको छैन ।
भारतिय गुट्खा आफैंमा अबैध भने होइन, नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतीरेर चोर बाटो वा सेटिङ मार्फत केही ठुला नाकाबाट पनि अबैध गुट्खाको कारोबार हुने गरेको स्रोतको दावी छ । यकिन तथ्यांक कसै सँग नभए पनि दिनमै करोडौंको कारोबार रहेको यस क्षेत्रसँग सम्बन्धित ब्याक्तीहरु बताउँछन् ।
सिमावर्ती सुरक्षामा खटिएको प्रहरी भने अबैध गुट्खा नभित्रीएको दावी गर्छ । यता गुट्खा कारोबारमा संलग्न एक ब्यापारीले नाम नखोल्ने सर्तमा भने “ ग्राहकहरुको पहिलो रोजाइ नै भारतिय गुट्खा हो, हामीपनि नेपाली गुट्खा नै बेच्न चाहान्छौं तर ठुला होलसेल तथा सप्लायर्सहरुले नै बढी नाफा कमाउने उदेश्यले भारतिय गुट्खाको बजारीकरण गरीरहेको तथा उनिहरुको उपल्लो स्तरमा समेत राम्रै सेटिङ हुने हुँदा अबैध गुट्खाको ब्यापार दिन दुई गुना रात चौगुना बढिरहेको छ । “ ती ब्यापारीले अगाडि भने अबैध गुट्खा नियन्त्रण गर्ने हो भने ठुला ब्यापारीलाई नै निगरानीमा राख्नुपर्ने उनको सुझाव छ ।
यता भारतिय अवैध गुट्खाको कारोबार बढेसँगै नेपाली गुट्खा कारोबारमा संलग्न ब्यापारीहरु मारमा परेको गुनासो गर्छन् । नियनअनुसार हुन आउने राजश्व तथा अतिरिक्त शुल्क तिरे पनि अबैध गुट्खा सँग प्रतिस्पर्धा गर्न नसकेर ब्यापार बाटै बिस्थापन हुने जोखिम मात्रै होइन करोडौंको लगानी र यस क्षेत्रमा काम गरीरहेका हजारौं मजदुरले समेत रोजगारी गुमाउन सक्ने जोखिम उत्पन्न भएको एक ब्यापारीले जनकनन्दनी संवाददातालाई अनौपचारिक रुपमा जानकारी दिए ।
केही स्थानीय तहको सक्रियतामा विद्यालय तथा अस्पताल वरपर सुर्तीजन्य पदार्थको कारोबारमा कडाइ गर्ने ब्यबस्था लागू गरेको भएपनी राजश्व स्टिगर नलागेका गुट्खाको ब्यापार हुँदा समेत नियमनकारी निकाय मौन देखिएको छ । अरु खाद्य सामाग्रीको बेलाबेलामा बजार अनुगमन हुने भए पनि गुट्खाको भने बजार अनुगमन नहुने भएका कारण पनि यस क्षेत्रमा अझ बढी बिकृती रहेको यस क्षेत्रमा लामो समय काम गरीरहेका जनकपुरका एक ब्यापारीले जनकनन्दनिलाई जानकारी दिए ।