मिति लोड़ीङ्ग हुँदैछ...

होलि बोईटलाई नेपलिज प्रिमियर लिगको अपाधि

 संवाददाता    March 4, 2019     760 जनाले पढ़िसके

एसके शर्मा–
बंगलादेश(ढाका),फागुन २० गते ।
राष्ट्रका लागि खेलकुद स्वस्थ्यका लागि खेलकुद नाराका साथ तेस्रो नेपलिज प्रिमियर लिग सिजन ३ खुल्ला क्रिकेट प्रतियोगिता बंगलादेशको ढाका स्थित शेरे बंगला कृषि विश्व विद्यालयमा सम्पन्न भएको छ ।
नेपलिज स्टुडेन्टस् एसोशिएशन बंगलादेशको आयोजनामा सम्पन्न प्रतियोगितामा बंगलादेशको विभिन्न सरकारी एवं निजि कलेजबाट १५ वटा टिमको सहभागीता रहेको थियो । उक्त सहभागी टिम मध्ये फाईनलमा होलि बोईट र ईनाम मेडिकल कलेज बीच भएको प्रतिस्पर्धामा होलि बोईटले अपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार सहित ट्रफी पाएका छन् । प्रतियोगिताका म्यान अफ् दि सिरिज,उत्कृष्ट बलर,उत्कृष्ट ब्याट्सम्यान, बै भन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान,अनुशासित टिम र हरेक म्याचका म्यान अफ् दि म्याचलाई समेत पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा उपस्थित प्रत्येक अतिथिलाई मायाको चिनो सहित विदाई गरिएको थियो ।
विजेता टिमलाई पुरस्कार प्रदान गर्दै नेपाली राजदुतावासका द्धितिय सचिव दिल्ली आचार्यले आफ्नो खेल जीवन सम्झिदै मनमा खेलेको अनुभुति सुनाउँदै खेलले स्वस्थ्य, अनुशासित र कर्मशील नागरिक उत्पादन गर्छ, उनले भने, स्वस्थ्य नागरिकले मात्रै स्वस्थ्य मुलुक निर्माण गर्न सक्छ । त्यसैले खेलकुदको विकासमा हरेक व्यक्तिले योगदान दिने तर्फ बढौ भन्दै आयोजक टिम र खेलाडीहरुलाई समेत प्रोत्साहित गरेका थिए ।
कार्यक्रममा शेरे बंगला कृषि विश्वविद्यालयका उपकुलपति प्रा.डा.मो.कमल उदिन अहमेद, सह–उपकुलपति प्रा.डा.मो.सिकन्दर अलि र विभिन्न संकायका प्राध्यापकहरुले समेत आ–आफ्ना मन्तव्य राखेका थिए ।
आयोजकको तर्फबाट संगठनका सयोजक रामनरेश सिंहले आफ्नो मन्तव्य राख्दै भने ’खेल व्यवसायिक रुपमा पनि फस्टाउँदो छ । खेल जीवन निकै अघि बढी सक्यो । आफुहरु खेलको मामलामा नेपालीलाई बंगलादेशमा समेत प्रोत्साहन गरि निकै उत्साहका साथ खेल सम्पन्न गरेका छौं र आगामी दिनमा समेत यसतपÞर्m सक्रिय रहने छौं ।
प्रतियोगिता पोपुलर स्टार ग्रुप कन्सल्टेन्सि नेपालद्वारा प्रायोजित गरिएको थियो भने सी एन एन मिडिया प्रा. लिले को.प्रायोजित गरेको थियो । हरेक टिमले प्रतियोगितामा सहभागी हुन करिव दश हजारका दरले प्रवेश शुल्क बुझाएको आयोजक टिमका सदस्य विरेन्द्र साहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
prabhu host