जनकनन्दनी समाचारदाता–
जनकपुरधाम,फागुन १८ गते ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मैथिली भाषालाई नेपालको दोश्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मैथिली भाषाको ईतिहास समृद्ध रहेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यस अघि पनि मैथिली भाषालाई नेपालको दोश्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउनका लागि पहल गरेपनि सफल नभएको चर्चा गरे । मैथिली विकास कोषको आयोजनामा शनिबारदेखि जनकपुरधाममा सुरु भएको जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै देउवाले नेपालका लागि संघियता आजको आवश्यक्ता रहेको बताए । उनले नेपालमा संघियता संस्थागत हुने क्रममा रहेको र अब संघियतालाई कसैले समाप्त पार्न नसक्ने दाबी समेत गरेका छन ।
जनकपुरधाममा शनिबारदेखि सुरु भएको जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक महोत्सव ६ दिनसम्म चल्ने छ । महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न चार देशका नाट्य संस्थाले नाटक मञ्चन गर्नेछन । महोत्सवमा मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे नेपाल–भारतका विज्ञहरुबीच संवाद तथा छलफल समेत गरिने बताइएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को प्रादेशिक भाषा मैथिली हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशको नाम मिथिला भोजपुरा हुनुपर्ने बताउँदै उनले मिथिला भोजपुरा बाहेक अन्य नाम यो भूगोलका लागि उपयुक्त हुन नसक्ने जिकिर गरेका छन । मैथिलीलाई दोश्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउन पहिलो पटक सफल नभएपनि यो अभियान जारी नै रहेको नेता निधिले बताए ।
कार्यक्रममा सहभागी भएका नेकपाका नेता घनश्याम भुसालले मैथिली भाषा संस्कृति,कला साहित्य नेपालको साझा भाषा रहेको बताए । उनले मैथिली भाषाको ईतिहासले हामी सबै नेपालीलाई गौरवान्वित गर्दै आएको समेत बताए ।
मैथिली भाषालाई नेपालको दोश्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउन पहल गर्ने काँग्रेस सभापति देउवाको प्रतिबद्धता
संवाददाता
March 2, 2019
991 जनाले पढ़िसके
- 1
विश्व पानी दिवसको अवसरमा जल प्रदुषण नियन्त्रणमा जोड
- 2
नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न दिन भारत सहमत
- 3
अत्यधिक गर्मीका कारण जनकपुरधामसहित तराईको जनजीवन कष्टकर
- 4
मलद्वार नभएका शिशुलाई म्याक्स अस्पतालद्वारा सफल शल्यक्रिया
- 5
कमला नगरपालिकामा ५७ करोड ३६ लाख ५३ हजारको बजेट प्रस्तुत
- 6
वर्षायाम शुरू भएसंगै कमला नदीकाे बांध निरिक्षण
- 7
दर्ता चलानी खाली पाइएपछि नगराईनमा कर्मचारी र जनप्रतिनिधिबीच विवाद
- 8
पाँच बुदे सहमतिपछी निहारिकाले अनशन तोडिन्।
- 9
मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाखको बजेट विनियोजन
- 10
फुटेर चुनाव मधेसी जनताको घाटा हुने: अध्यक्ष यादव

प्रस्तावित राजदूतद्वय राय र मिश्र नाम सर्वसम्मतले अनुमोदन।
- 5
धनुषामा जनमत पार्टी पहिलो जित।
- 6
सहिदनगरको मेयरमा जसपाका दिनेश प्रसाद यादव विजयी
- 7
मुखियापट्टी मुसहरनियामा जितेन्द्र यादवको सक्रियतामा जयकुमार यादव विजयी।
- 8
धनुषा क्षेत्र नम्बर-३ जसपामा प्रवेशको लहर।
- 9
मेयरको सेटीङ्ग र प्रहरीको निकम्मापनले सचेतक साहमाथि आक्रमण।
- 10
एकीकृत प्रगतिशील इन्जिनियर समूह उम्मेदवारहरुमा मतदान गर्न आग्रह।