मिति लोड़ीङ्ग हुँदैछ...

हठिपुरमा अदभूत मंगलेश्वर महादेव मन्दिरको निर्माण,मन्दिर निर्माण गर्ने सत्यनारायण यादवलाई प्रदेश सांसद यादवद्धारा सम्मानित 

 संवाददाता    June 5, 2022     97 जनाले पढ़िसके

जनकपुरधाम, जेष्ठ २२ गते।
प्रदेश सांसद रामअशिष यादवले ग्रामीण क्षेत्रमा अदभुत मंगलेश्वर महादेव मन्दिर निर्माण गर्ने समाजसेवी सत्यनारायण यादवलाई सम्मान गरेका छन्।
शहिदनगर नगरपालिकाको हठिपुर गाउँमा निजी लगानीमा सत्यनारायण यादवले सो अदभुत महादेव मन्दिरको निर्माण गराउन सफल भएको छ।
मंगलेश्वर महादेव मन्दिरको एक दिव्य समारोह का बिच वैदिक पुजा पाठ गरेर शुभारम्भ गरिएको छ। ग्रामीण क्षेत्रको समृद्धि, मानव कल्याण हेतु सो मन्दिरको निर्माण गरिएको कुरा समाजसेवी यादवले जानकारी दिए का छन्।

सो मन्दिरमा पशुपति नाथ मन्दिरका मुल पुजारी रावल गणेश भट्ट, प्रदेश सांसद रामअशिष यादव, शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादव, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, प्राधानाध्यापक मोहन यादव सहित ले देवो का देव महादेव को भक्ति र श्रध्दापुर्वक पुजा पाठ गरेका छन्।
सो महादेव मन्दिर को प्राण प्रतिष्ठा बनारस का पांच जना पुजारी द्वारा वैदिक मन्त्र, यज्ञ र होमादि गरि पुर्ण आहुति गरिएका छन्।

प्रतिकृया दिनुहोस्
prabhu host