मिति लोड़ीङ्ग हुँदैछ...

कैलालीमा प्रमुख र उपप्रमुख दुवै पदमा महिला विजयी।

 संवाददाता    May 21, 2022     111 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ७ गते
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा दुबैमा महिला उम्मेदवारहरु विजयी भएका छन् ।

पालिका प्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा एमालेकी जुना चौधरी विजयी भएका छन् ।

कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी प्रमुख पद जितेका छन् । भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत मात्रै पाएका छन् ।

उपप्रमुखमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै जितेका हुन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host