मिति लोड़ीङ्ग हुँदैछ...

जनकपुरधाममा १५ जनाको उम्मेदवारी फिर्ता ।

 संवाददाता    April 29, 2022     10 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, बैशाख १६ गते
आसन्न स्थानीय तह निर्वाचनमा भाग लिन जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये मेयर सहितका १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन ।

निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानरपालिकाका अनुसार मेयरमा दुई जना, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन ।

मेयरमा उम्मेदवारी फिर्ता लिनेहरुमा वैद्यनाथ प्रसाद साह र नन्दन कुमार भगत सहित ११ जना वडाध्यक्ष र एक जना सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख ब्रजेश प्याकुरेलले जानकारी दिएका छन ।

यसअघि समानुपातिकमा नाम रहेका उपमेयरका स्वतन्त्र उम्मेदवार सरोज मिश्र, वडा नम्बर १ बाट अध्यक्षका उम्मेदवार भोला साह र एक जना महिला सदस्यको उम्मेदवारी दाबी विरोध उजुरीको छानबीन पश्चात रद्द भएको थियो ।

मेयरका उम्मेदवार साहले सामाजिक सञ्चालमा लेखेका छन्, म एउटा समाजसेवी भएको हुनाले सामाजिक क्षेत्रमा काम सम्पूर्णले सहयोग गरे । तर राजनीतिमा उम्मेदवारी दिएपछि । आफ्नो पनि पराइ भई हालेको देखे । त्यही भएर म आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएको छौं ।

प्रतिकृया दिनुहोस्
prabhu host