मिति लोड़ीङ्ग हुँदैछ...

जनकपुरधाम नयाँ नेतृत्वका लागि प्रमुखमा १७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी

 संवाददाता    April 25, 2022     20 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, बैशाख १२ गते
मधेस प्रदेश राजधानी जनकपुरधाम उपमहानगरपालिकामा नयाँ नेतृत्वका लागि विभिन्न राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ । भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने चारजना स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य एवम् निवर्तमान मेयर लालकिशोर साह तथा नेपाली कांग्रेस बरिस्ठ नेता उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रीताकुमारी मिश्रले उम्मेदवारी दिएका छन् । भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरि आज मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन् ।

केही दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको समूहबाट उपमेयरमा युवा नेता सरोजकुमार मिश्रले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्ड्ये उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा सन्तोषकुमार साहले मनोनयन दर्ता गराएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीबाट मेयरमा विभा ठाकुर र उपमेयरमा ईश्वर पण्डित भने नेकपा मालेबाट गीता कुमारी मण्डल
उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, मेयर पदमै स्वतन्त्रतर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधीरकुमार महतो उम्मेदवार दिएको छ । यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् । भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

धनुषा जिल्लामा राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा सहितका ३२ दलहरू दर्ता भएका छन् ।

यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host