संवाददाता
April 24, 2022
16 जनाले पढ़िसके
धनुषाको शहिदनगर नगरपालिकाको मेयरको उम्मेदवारको लागि जनता समाजवादी पार्टी(जसपा)नेपालले दिनेश प्रसाद यादवलाई टिकट दिएको छ।बैशाख ३० गते हुन लागेको स्थानीय निकाय निर्वाचनका लागि आज शहिदनगर नगरपालिकामा जसपा नेपालको उम्मेदवारको टुंगो लागेको छ।
शहिदनगर नगरपालिकाको जसपा नेपालको नगर अध्यक्ष समेत रहेका दिनेश प्रसाद यादवलाई आज मेयरको टिकट दिएपछि शहिदनगर भित्र स्थानीय जनताहरुमा खुसीको लहर छाएको छ।जनता समाजवादी पार्टी नेपालको लागि शहिदनगर नगरपालिका भित्र यादवको बलियो पक्कड रहेको छ।