मिति लोड़ीङ्ग हुँदैछ...

जसपाले हंसपुरको मेयरमा ३ जना र उपमेयरमा ४ जनाको नाम सिफारिस

 संवाददाता    April 22, 2022     28 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, बैशाख ९ गते
धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले मेयरमा ३ जना र उपमेयरमा ४ जनाको नाम सिफारिस गरेको छ ।

जसपा नगर कार्य समितिले मेयर पदको उम्मेदवारमा रामनारायण कापडी, सुरेन्द्र कुमार मण्डल र दिपेन्द्र कुमार कापर तथा उपमेयर पदको उम्मेदवारमा शिवकुमारी मुखिया, रिनाकुमारी कापर, शैलदेवी यादव र याकुब नदाफको नाम सिफारिस गरेको छ । कापडी हंसपुर नगरपालिकाको नगर समिति अध्यक्ष हुन् । भने मण्डल जसपा नेपालका केन्द्रिय सदस्य हुन् । त्यस्तै कापर समाजवादी युवा संघ धनुषाका अध्यक्ष हुन् ।

उम्मेदवार सिफासिरस गर्नुका साथै नगर कार्य समितिले ९ वटा वडा रहेको हंसपुर नगरपालिकाका सबै वडामा जसपाले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत गरेको अध्यक्ष कापडीले जानकारी दिएका छन् । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला समितिले टुंग्याउने उनले बताएका हुन् ।

सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने विषयमा छलफल जारी रहेपनि दलहरूले आन्तरिक रूपमा उम्मेदवार छनौट गर्ने कार्यलाई पनि निरन्तरता दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host