
न्युजडेस्क/जनकपुरधाम, बैशाख ६ गते
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट महिला नेतृ रिंकुदेवि ठाकुर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेस गरेका छन्।
जनकपुरधाममा आयोजित कार्यक्रममा जसपाका नेताहरुले धनौजी गाउँपालिका नम्बर-१ लखौरी निवासी नेत्री ठाकुरलाई जसपामा स्वागत गरेका छन ।
धनौजी गाउँपालिका वडा नम्बर ५ निर्वाचित वडाध्यक्ष पंकज मण्ड्लको अध्यक्षता एवम् बौद्धिक नेता युगलकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य बेचन मुखिया, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष तथा क्षेत्र नम्बर ३ का सम्भावित नेता जितेन्द्र यादव, संघिय परिषद सदस्य नवीन यादव सहितका नेताहरुको उपस्थिती रहेको थियो ।
जसपा नेपाल धनौजी गाउँपालिकाका अध्यक्ष पदको उम्मेदवार शुभनारायण यादव उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा नेतृ ठाकुरको पार्टी प्रवेशलाई समेत अर्थपुर्ण रुपमा हेरिएको छ।