मिति लोड़ीङ्ग हुँदैछ...

सांसद यादवको शिक्षा सुधार अभियान अन्तर्गत यदुकुहामा विद्यालय स्तरउन्नती।

 संवाददाता    April 18, 2022     130 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, वैशाख ५ गते
कुशल शैक्षिक जनशक्ति प्रदेशको विकासको मुख्य आधारस्तम्भ रहेको कुरालाई आत्मसात गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर२ (ख) को प्रदेश सांसद रामअशिष यादवद्वारा सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार विकास निर्माण जारी रहेको छ।

प्रदेश सांसदले शिक्षा सुधार अभियान अन्तर्गत धनुषा शहिदनगर नगरपालिकाको केन्द्र विन्दु यदुकुहाको श्री जनता एकाई माध्यमिक विद्यालयमा ३० लाख रुपैयाँको लागतमा भवन निर्माणको कार्य जारी रहेका छन्।

धनुषा जिल्लाको पूर्वी भागमा शहिदनगर नगरपालिकाको यदुकुहामा १०१६ सालमा स्थापित श्री जनता एकाई माध्यमिक विद्यालयमा आधारभूत देखि माध्यमिक तहसम्म १४ सय बालबालिकाहरुले नियमित अध्ययन गरिरहेका कुरा विधालयका प्राधानाध्यापक रामनारायण ठाकुरले जानकारी दिएका छन्।

सो बिधालय पुर्वी भेगको सबैभन्दा पुरानो विद्यालय रहेको जसमा नजिकमा यदुकुहा, गोठकोहा, ननुपट्टी, बासुदेवपट्टी, पछहर्वा, हठिपुर, हडबाडा, हौवाही, केउटानीका बालबालिकाहरु अध्ययन अध्यापन गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्
prabhu host