मिति लोड़ीङ्ग हुँदैछ...

पानी संरक्षित गर्न कमला नदी बचाउनु पर्नेमा जाेड

 संवाददाता    March 22, 2022     487 जनाले पढ़िसके

जनकनन्दनी मिडिया जनकपुरधाम, चैत ८ गते । देशका विभिन्न स्थान सहित धनुषाको शहीदनगर नगरपालिकामा पनि विश्व पानी दिवस मनाइएको छ ।
मंगलवार शहीदनगर नगरपालिकाको यदुकुहा स्थित ज.ए.उच्च माविमा जल नै जीवन हो विषयमा जल संवाद कार्यक्रम गरी विश्व पानी दिवस मनाइएको हो ।
कमला नदी नियन्त्रण आयोजना र कमला बचाउ अभियानको आयोजनामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि कमला सिचाई डिभिजन कार्यालय पोर्ताहाका डिई विरेन्द्र यादवले पानी वस्तु नभई जीवन रहेकाेले यसलाई बचाउन जरूरी रहेकाे बताए।

 

उनले भने जुन रूपमा अहिले चुरे वन जंगल विनाश भइरहेकाे छ र वाटर ग्राउण्डकाे लेयर घटिरहेकाे छ त्यसले पानीकाे समस्या झनै बढनेछ । चांडै नै वाटर लेयरकाे समस्या समाधान नगरिए पानीकाे समस्या जटिल बन्नेछ ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि कमला नदी नियन्त्रण आयोजना डिई विष्णुदेव यादवले सभ्यता जाेगाउनु छ भने नदीलाई बचाउन जरूरी रहेकाे कुरामा जाेड दिए ।
हामीले खाइरहेकाे खानेपानीकाे सम्बन्ध कमला नदी संग रहेकाे छ र अहिले कमला नदीकाे अस्तित्व खतरामा रहेकाेले यसलाई बचाउन जनजागरण अभियान नै चलाउनु पर्छ कुरामा उनले जाेड दिए ।

कार्यक्रमका संयाेजक कमला बचाउ अभियानका विक्रम यादवले पानी हामी सबैकाे जीवन भएकाले यसलाई खेर नफाली बचाउनु पर्छ र कम खपत गरि भविष्यका लागि जाेगाउनु पर्छ । उनले भने पानी संचित र संरक्षण गर्न पानीका मूल श्राेत चुरे वन जंगलका साथै कमला सहितका नदीनाला समेतलाई जाेगाउनु पर्छ र सरकारले समेत दिर्घकालिन याेजना ल्याउनुपर्ने माग गरे ।

 

विद्यालयका निमित प्रअ महादेव साह अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन डिभिजन धनुषाका ईन्जिनीयर तिलक राज साह र कलकता रिसर्च विद्यार्थी सोमिया पाण्डे समेतले आफ्ना धारणा राखेका थिए भने साे विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
याे तेश्रो पटक विश्व पानी दिवस मनाइएको हो, पहिलो पटक सारसर महादेव स्थान र दोश्रो पटक सिग्याही मडान माविमा मनाइएको थियो । जाेड

प्रतिकृया दिनुहोस्
prabhu host