मिति लोड़ीङ्ग हुँदैछ...

राजर्षिजनक विश्वविद्यालयमा आन्दोलन क्रममा ४ जना विद्यार्थी पक्राउ

 राजर्षी जनक बिश्वबिद्धालय     March 2, 2022     208 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, फाल्गुन १८ गते
मधेस प्रदेश जनकपुरधामको राजर्षी जनक विश्वविद्यालयमा समयमा परीक्षा सञ्चालन नगरेको विरोधमा आक्रोशित विद्यार्थीहरुले राजर्षि जनक विश्वविद्यालयमा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यार्थीलाई पक्राउ गरेको विरोधमा आन्दोलित अन्य विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका छन् । उनीहरु प्रहरी कार्यालयको मुख्यद्धार अगाडी धर्ना बसेका हुन् । विद्यार्थीलाई ठाम्न मिल्दैन, अविलम्ब परीक्षा सञ्चालन गर, पक्राउ परेका विद्यार्थीलाई रिहा गर जस्ता नाराबाजी उनीहरुले गरेका थिए ।

विश्वविद्यालयमा तोडफोड गरेपछि चारजना विद्यार्थीलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार अहिले आन्दोलन रोकिएको छ । विद्यार्थी र क्याम्पसका प्रशासनका पदाधिकारीबीच छलफल भइरहेको छ ।

क्याम्पसको लापरबाहीका कारण समयमा परीक्षा नभएको विद्यार्थीहरुको आरोप छ । एक विद्यार्थीका अनुसार क्याम्पसले फागुन १८ देखि २३ गतेसम्म परीक्षा लिने सूचना निकालेको थियो । तर इन्टर्नल एसेस्मेन्ट मार्क नभएका कारण परीक्षा स्थगित भएको छ ।

समयमा इन्टर्नल एसेस्मेन्ट मार्क नपठाएर क्याम्पसले चरम लापरबाही गरेको विद्यार्थीहरुको भनाई छ । क्याम्पस प्रशासनको लापरबाहीले विद्यार्थी समस्यामा परेको बताइएको छ । पटक पटक आन्दोलनका कारण राजर्षि जनक विश्वविद्यालय बदनाम भइरहेको छ ।

पक्राउ पर्ने विद्यार्थीहरु आदर्श मण्डल, निराजन सिंह, सन्तोष यादव र सोनु साह रहेको समाजवादी विद्यार्थी युनियन धनुषाका सरोज कुमार यादवले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host