मिति लोड़ीङ्ग हुँदैछ...

मधेस प्रदेश घोषणा अध्यक्ष उपेन्द्र यादव भावुक भए।

 संवाददाता    January 17, 2022     52 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, माघ ३ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को प्रदेश सभाबाट मधेस प्रदेश घोषणा भएलगत्तै कार्यक्रम बीचमै भावुक बनेको थिए ।

महानायक मधेश जनविद्रोहका कमान्डर मधेशका मसिहा जसपा अध्यक्ष यादवले आज जनकपुरधामको जनकचौकमा मैनबत्ती बालि मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित भएकोमा सम्पूर्ण प्रदेश बासिलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रदेशसभा गठन भएको चार वर्षपछि, आज प्रदेशले जनकपुरधाम राजधानी र मधेस प्रदेश नाम पाएको छ । नाम र राजधानी पारित गरेका साँसदहरुलाई समाजवादी युवा संघ धनुषा र समाजवादी विद्यार्थी युनियन धनुषाले आयोजना गरि शुभकामना तथा धन्यवाद दिनुभएका छन् ।

युवाका अध्यक्ष दिपेन्द्र कापरले भने, ‘नाम र राजधानी टुंगो लागेपछि अब जनकपुरधाममा लगानी भित्रिने वातावरण निर्माण यहाँ बुद्धिजीवी र व्यवसायीहरुको सहयोग आवश्यकता रहेको बताएका छन् ।

सो कार्यक्रम नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव, केन्द्रिय सदस्य तथा जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, सदस्य सुरेन्द्र मण्डल, जसपा मधेस प्रदेश समिति अध्यक्ष रामबाबु यादव, उपाध्यक्ष शेषनारायण यादव, धनुषा अध्यक्ष पशुपति यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघ केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, नगर अध्यक्ष बिसुनदेब साह, विद्यार्थी नेता बलिराम कापरी, रितिक सिंह, प्रबिण सिंह, सरोज यादव लगायत जसपाका नेता कर्याकर्ताहरुको उपस्थिती भैई खुशियाली मनाएको थिए ।

प्रतिकृया दिनुहोस्
prabhu host