मिति लोड़ीङ्ग हुँदैछ...

कुरुर र निरंकुश तानाशाह शासक थिए, जय जय कार गर्नु बेकार हो: बाबुराम भट्टराई

 डा. बाबुराम भट्टराई     January 11, 2022     68 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, पौष २७ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने र कुरुर र निरंकुश तानाशाह शासक रहेकोे बताएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्चाल फेसबुकमार्फत पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा सो अभिव्यक्ति अभिव्यक्त गरेका छन् ।

पृथ्वीनारायण इतिहासको आवस्यकता र आकस्मिकताका उपज भएाको डा. भट्टराईको भनाइ रहेको छ । उनले भनेका छन्, ‘प्रिना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं । उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन् ।

कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं । चुरो कुरो यो हो ।’

प्रतिकृया दिनुहोस्
prabhu host