मिति लोड़ीङ्ग हुँदैछ...

काव्या हस्पिटलमा पहिलोपटक न्युरोसर्जरी

 संवाददाता    January 10, 2022     235 जनाले पढ़िसके

जनकपुरको काव्या हस्पिटल प्रालिमा आज पहिलोपटक सफलतापुर्वक न्युरोसर्जरी भएको छ । एमिसिएच (न्युरोसर्जरी) ड. हेमन्त कुमार साह र ड. मुकेश गामी (क्रिटिकल केयर तथा एनेस्थेसियोलोजिस्ट) सहित काव्या हस्पिटलका स्वाथ्यकर्मी एवम स्वास्थ्य प्रविधिकहरुको टोलीले मस्तिष्कमा रगत जमेको (ब्रेन हयामरेज) का एक बिरामीको सफलतापुर्वक शल्यक्रिया गरेको छ ।
जनकपुरक्षेत्रमा न्युरोसर्जरी सेवा उपलब्ध नरहेको र न्युरोसम्बन्धि आकस्मिक अवस्थामा शल्यक्रियाका लागि अन्य ठाँउ जानुपर्ने ,महँगा, झन्झटिला र जोखिमपुर्ण विराम लागेको आजको दिनमा शल्यक्रियामा सलग्न चिकित्सक , स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनलगायत सबैमा बधाई दिन चाहन्छु
न्युरोसम्बन्धि जटिलताका समयमा र उपयुक्त अस्पतालमा उपचार गराउनुपर्ने हुँदा साधनस्रोत सम्पन्न यस अस्पताल र कुशल तथा दक्ष चिकित्सकीय टोलीबाट अगामी दिनमा पनि न्युरोसर्जरी भइरहने सबैमा जानकारी गराउँदैछु
ड. एसके सिँह

प्रतिकृया दिनुहोस्
prabhu host