मिति लोड़ीङ्ग हुँदैछ...

लहान क्यान्सर केयर सेन्टरलाई ५० लाख बराबरको सम्मान हस्तान्तरण

 सिरहा     January 2, 2022     63 जनाले पढ़िसके

न्युजडेस्क/सिरहा, पौष १८ गते
सिरहाको लहान नगरपालिकास्थित संचालनमा रहेको लहान क्यान्सर केयर सेन्टरलाई काठमाडौंको एक संस्थाले ५० लाख बराबरको सम्मान सहयोग गरेको छ । लहान नगरपालिका वडा नम्बर ७ स्थित अबस्थित रहेको लहान क्यान्सर केयर सेन्टरलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

नेपाल क्यान्सर रिलिफ सोसाइटीका केन्द्रिय कर्यबाहक अध्यक्ष महेश श्रेष्ठ, बिमल वडा, किरण श्रेष्ठ लगायतका व्यक्तिहरुले ५० लाख बराबरको ल्याबका सम्मानहरु सहयोग गरेको छ । उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्य र सम्बन्धित वडाअध्यक्ष राकेश रोशन गुप्ताको रोहबरमा उक्त सम्मानहरु सहयोग गरेका छन् ।

क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरुलाई चेक जाँचमा थप सहयोगका लागि उक्त सम्मानहरु सहयोग गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host