मिति लोड़ीङ्ग हुँदैछ...

राष्ट्रिय परिचयपत्र लिन सजिलो हुने।

 संवाददाता    December 28, 2021     243 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, पौष १३ गते
राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीहरुलाई सजिलो बनाइने भएको छ । सरकारले पासपोर्ट लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्य ब्यवस्था गरि दिएपछि परिचयपत्र बनाउनेहरुको संख्या ह्वात्तै बढ्न थालेको छ ।

परिचयपत्र बनाउने चाहनेहरुको बिहानैदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भिड लाग्ने गरेका छन् । तर, अब भने सरकारले उपत्यकाका विभिन्न स्थानबाट परिचयपत्र वितरण गर्ने निर्णय समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले परिचयपत्र वितरणका लागि ४ वटा स्टेशन थप गरेको छन् । यस्तै, उपत्यकामा बस्दै आएका अन्य जिल्लाका सेवाग्राहीका लागि छुट्टै स्थान तोकिएको छ । जसअनुसार ललितपुर जिल्ला प्रशासनले कर्णाली र सुदूरपश्चिका सेवाग्राहीलाई परिचयपत्र दिने छ ।

त्यस्तै, नारायणहिटिस्थित राहदानी विभागबाट प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीलाई परिचय पत्र वितरण गरिने जनाएको छ । इमेजखबर

प्रतिकृया दिनुहोस्
prabhu host