मिति लोड़ीङ्ग हुँदैछ...

न्यायका लागि भौतारिदैं हुसैन अप्टिकलका संचालक: अकवर अली

 संवाददाता    December 16, 2021     186 जनाले पढ़िसके

न्युजडेस्क/सिरहा, पौष १ गते
सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको हुसैन अप्टिकलमा बिवाद चुनिएको छ । करिब पचिस बर्ष देखि तेतरी खातुनको घरमा सटर भाडा लिई ब्यापार ब्यवसायी संकलन गर्दै आएका स्थानीय अकवर अलिको अहिले बिचल्ली भएका छन्।

घरमुली तेतरी खातुनसंग सम्झ्दारी भए अनुसारको सटर भाडा लिएका अकवर अलिले समयमै तिर्दै आएका छन्। घरमुली खातुन र हुसैन अप्टिकलका संचालक अकवर अलिसंग करिब २/३ महिना देखि बिवाद चल्दै आएका छन्। बिवाद उग्ररूप लिए पछी अदालतसम्म मुद्दा चल्दै आएका छन् ।

अलिलाई करिब एकहप्ता देखि पसल बन्द हुँदा बिचल्ली भएको छ्। बिगत २५ बर्ष देखि कहिले लिखित त कहिले समाजिक अगुवाहरुको रोहबरमा मौखिक रूपमा सम्झौता गरेर हालसम्म पसल संचालन गर्दै आएका थिए।

करिब ४ बर्ष अगाडि लिखित सम्झौताको कुरा अगाडि आउँदा लहान नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामदयाल महतो र वडा सदस्य राजाराम महतोको रोहवरमा मौखित सम्झदारी भएको थियो। दुबैपक्षले उक्त मौखिक सम्झदारी स्विकार्दै पसल संचालन गर्न दिएका थिए।

कोरोना कहरमा आएर बिवाद हुँदा घरमुलि खातुनले भाडेदार अकवर अलिलाई पटक-पटक कोठा अर्थात सटर खाली गर्न अनुरोध गरेका थिए। सम्झौता अनुसारको भाडा आफुले तिर्दै आएको छु। भन्दै आफु कोठा खाली गर्न असमर्थ भएका थिए। उक्त ठाउँमा राम्रो ब्यापार चल्दै आएका कारण हुसैन अप्टिकलका संचालक अली कोठा खाली गर्न पछाडी हटेका थिए।

घरमुली खातुनले सटर खाली गर्न नमान्दा लहान नगरपालिका र ईलाका प्रहरी कार्यालय लहानमा कोठा खाली गर्न उजुरी दिएका छन। अलिसंग छलफलका लागि बैठक बस्न मिति अगाबै एकासी लहान नगरपालिकाका नगर प्रहरी र ईलाका प्रहरी कार्यालय लहानको टोलिले अदालतको अवहेलना गर्दै कुनै जानकारी नदिई पसलबाट सम्मान बाहिर निकालेर राख्दा हुसैन अप्टिकलका संचालक अलिले आपत्ति जनाए।

पीडित अली क्षतिपूर्तिको माग गर्दै पत्रकार गुहारेका थिए। आफूसंग सम्झौता अनुसारको भाडा लिई पसल संचालन गर्न दिन घरमुलीसंग आग्रह गरेका छन्। वडा अध्यक्ष रामदयाल महतोका अनुसार पीडित अलिको क्षतिपूर्ति दिलाउनु यहाँको स्थानीय बासी र समाजसेबीहरुको दायित्व रहेको बताएका थिए।

प्रतिकृया दिनुहोस्
prabhu host