मिति लोड़ीङ्ग हुँदैछ...

सांसद यादवलाई हरिहरनाथ मन्दिरमा सम्मान गरिए ।

 संवाददाता    December 1, 2021     134 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, मंसिर १५ गते
संस्कृति संरक्षण अभियन्ता तथा प्रदेश-२ का सांसद रामअशिष यादवलाई भारत बिहार राज्यको प्रसिद्ध बाबा हरिहरनाथ मन्दिर सोनपुरमा यादवलाई सम्मान गरिएको छ ।

मन्दिरका महन्थ सुशील शास्त्रीले जनता समाजवादी पार्टी नेपालका संसदीय दलको उपनेता सांसद यादवलाई मन्दिरमा वैदिक परम्परा अनुसार बाबा हरिहरनाथ मन्दिरमा पुजा गराई सम्मान गरेका छन् ‌।

सो अवसरमा राष्ट्रिय स्वयंसेवक संघका सम्पर्क विभाग प्रमुख अजय यादव, विश्व हिन्दु परिषदका प्रचार बिभागका अवधेश यादव सहितका सनातन हिन्दु धर्मका रक्षकहरुको सहभागिता रहेको थियो ।

यसैगरी सांसद यादवले सोनपुर, हाजिपुर र पटनाको गण्डक गंगा संगममा नामामि गंगा परियोजना अन्तर्गत गण्डक नदी किनारमा भैरहेको नदी किनार संरक्षण र घाटनिर्माण सहितको कार्यको स्थलगत अवलोकन गर्नुभएको छ । विहार, छपरा जिल्ला स्थित सबलपुरको महावीर मन्दिरमा दर्शन गरी पुजापाठ गरेका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host