मिति लोड़ीङ्ग हुँदैछ...

बच्चालाई ठक्कर दिएर फरार उपचार खर्च जुटाउनु सहयोगको अपेक्षा

 संवाददाता    November 23, 2021     275 जनाले पढ़िसके

 

न्युजडेस्क/सिरहा, मंसिर ७ गते
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा ३ पोर्ताहाका एक अबोध बालकलाई ठक्कर दिएर व्यक्ति फरार भएका छन् ।

सखुवानान्कारकट्टी गाउँपालीका ३ बस्ने चनरजित सदायको छोरा अन्दाजी ४ बर्शिय प्रेम सदाय लाई ठक्कर दिएर फरार भएका छन् । बच्चा अन्दाजी करिब ४ बर्षको हो ।

बच्चा गाउँकै सडकमा एक्लै खेलिरहेको अबस्थामा ठक्कर दिएर फरार भएका छन्।बच्चा ठक्करबाट सिकिस्त घाइते भई उपचारको लागि बिराटनगरको नोबेल होस्पिटलमा उपचाररत रहेका छन्।

उपचारमा रहेका बालकलाई उपचार खर्च तिर्न नसक्ने भएको छ् । सदायको घरको आर्थिक अवस्था निकै दैनिय रहेको अबस्था छ । उपचार जोहो गर्न नसकिदा बच्चाको ज्यान जोखिममा रहेका छन् । ठक्कर दिने गाडी हालसम्म पत्ता नलागेको हो ।

सदायको परिवारमा जम्मा ४ जना मध्ये १ छोरा र १ छोरी छिन । उपचार खर्च तिर्न नसकिदा परिवारको बिचल्ली भएको छ। दाता र मनकारी युवाहरुसंग सहयोगका अपेक्षा गरेका स्थानीय समाजसेबी देबेन्द्र कुमार यादवले जानकारी दिनु भयो । सहयोग गर्न चाहने साथीहरूले उक्त खाता नम्बरमा एक पठाई सहयोग गर्न आग्रह गर्द छु । सहयोगको अपिल
NMB Bank Sakhuwan
Kamal Narayan saday
Ac n. 1100074905500012

प्रतिकृया दिनुहोस्
prabhu host