मिति लोड़ीङ्ग हुँदैछ...

‘बेटी पढाउ बेटी बचाउ’ अभियान प्रभावकारी रहेको देशभरि लैजानुपर्ने: रास्ट्रपति भण्डारी

 संवाददाता    November 22, 2021     279 जनाले पढ़िसके

न्युजडेस्क/महोत्तरी, मंसिर ६ गते
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश-२ का ‘बेटी पढाउ बेटी बचाउ’ अभियान प्रभावकारी रहेका कार्यक्रमलाई देशभरि लैजानुपर्ने बताएका हुन् ।

आज महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्नुहुदैँ राष्ट्रपति भण्डारीले प्रदेश-२ को ‘बेटी पढाउ बेटी पढाउ’ अभियान देशभर लैजानुपर्ने जोड दिनुभएको हो ।

जनकपुरधाम र मटिहानी लगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुःखद रहेको रास्ट्रपति भण्डारीले बताइन् । प्रदेश नम्बर-२ मा नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा प्रदेश-२ का मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराउनु भयो । विशेषगरी उहाँले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको गुनासो गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host