संवाददाता
November 15, 2021
330 जनाले पढ़िसके
न्युजडेस्क/झापा, कात्तिक २९
नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको निर्वाचनमा प्रदेश नम्बर-१ का पूर्वमन्त्री हिराकुमार थापा पराजित भएका छन् । थापाले १२२९ मत ल्याएका छन् ।
तर महाधिवेशन प्रतिनिधि हुनका लागि यो मत पर्याप्त भएका छैन । झापा क्षेत्र नम्बर-४ मा भएको प्रतिनिधि छनोटको निर्वाचनमा कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल सबैभन्दा बढी १,७०४ मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका छन् ।
पुर्वमन्त्री थापा भीम आचार्य मुख्यमन्त्री बनेका बेला मन्त्री भएका थिए ।