मिति लोड़ीङ्ग हुँदैछ...

आफू मेयर बनेपछी लहानलाई रुपान्तरण गर्छु: नेता चौधरी

 संवाददाता    November 8, 2021     295 जनाले पढ़िसके

बलिराम कापरी/सिरहा, कार्तिक २२
सिरहाको लहान नगरपालिकामा बिकास गर्न समाजसेबि तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरीलाई नै आउने चुनावमा मेयर बनाउनु पर्ने गाउँ- गाउँमा ब्यापक चर्चा भईरहेको छ् ।

लहानमा बिकास जौको तौ रहेको र बिकासको नाउँमा बिनास नै भएको स्थानीयको भनाई छ । लहानका मेयर मुनि साहको चुनावी एजेन्डा हाम्रो लहान समृद्ध लहान, फोहरबाट मोहर, घरको अगाडी फोहर हैन फुल रोपौ, लहानलाई स्मार्ट सिटी बनाउने कल्पना अधुरानै रहेको देखिन्छ । लहानका मेयर बिकास बाधक रहेको जनगुनासो रहेको छ् ।

आफ्नो चुनावी एजेन्डा आनुसार साह लहान मेयरका लागी उपयुक्त ब्यक्ती नरहेको साहले जनसमुदायमा दिएको बिश्वास सब झुठा भएको देखिन्छ ।

लहान नगरपालीकाका बिकास र लहानलाई समृद्ध र रुपान्तरण ल्याउन समाज सेबी महेश चौधरी नै लहान नगरपालीकाको मेयर बनाउनु पर्ने चौक चौराहा र गाउँ गाउँमा व्यापक चर्चा चलीरहेको छ् । नेता चौधरी समाज सेवा गर्दा गर्दै श्रीमती संगिता कर्माचार्य र भाई दिपेन्द्र सिंहलाई गुमाएको कुरा समाजमा जग्जाहेर नै रहेको छ ।

स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा निरन्तर समाज सेवा गर्दै आएका छन्,यो बर्ष यो स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा सिरहाका एकजना शकृय पत्रकारलाई ५१ हजारको धनरासीको पुरुस्कार दिने भएको छ । नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्ष मनोज बनैता यादव लगायत कार्यसमितिको निर्णय अनुसार नाम छनोट गर्ने भएको छ ।

नेता चौधरीले समाज सेवामा गर्दा नजदिकको दुई जना गुमाउनु भएको छ । श्रीमती र भाई गुमाए पनि सामाज सेवा गर्न पछाडि कहिले नहटने र आफू जिबनो प्रान्त समाज सेवा मै रहने बताउनु भयो ।

आउने चुनावमा समाज सेबी महेश चौधरीलाई लहानका मेयर मा ल्याएन भने बिकासको नाउँमा लहान कयौं बर्ष पछाडि पर्ने जनसमुदायको भनाई रहेको छ ।

समाज सेबी चौधरीका अनुसार आफू मेयर बने पछि लहान नगरपालीकाको एक हजार युवा लाई नगरपालीकाको खर्चले वैदेशिक रोजगारीको लागि पठाउनले र शिक्षा स्वास्थ र रोजगार र ५०० सय दलित बस्तीको निर्माण गर्ने बताए। मेयर हुँदा आफू राम्रो भुमिका निर्वाह गर्ने पत्रकार समेलनमा प्रतिबध हुन् भयो ।

प्रतिकृया दिनुहोस्
prabhu host