मिति लोड़ीङ्ग हुँदैछ...

जनकपुरमा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुतला जलाए

 संवाददाता    June 30, 2021     707 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, असार १६
प्रदेश नं.-२ का अस्थायी राजधानी जनकपुरमा विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले बुधबार पुर्व निधारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओलिले असंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको र संविधानको बारम्बार उलंघन गरेको भन्दै आन्दोलित बिपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले घोषित कार्यक्रम अनुसार आज जनकपुरमा पनि प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो ।

संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, समाजवादी विद्यार्थी युनियन धनुषा, अखिल क्रान्तिकारी धनुषा र अनेरास्ववियू धनुषालगायत संगठनहरु आन्दोलनमा आबद्ध भएको छन् ।

यता, संयुक्त विद्यार्थी संगठनले घोषाणा गरेको विरोध प्रदर्शनको प्रतिकार गर्ने चेतावनी दिएका ओली निकटका राष्ट्रिय युवा संघको कार्यकर्ताको आजको विरोध प्रदर्शनमा उपस्थिति देखिएन् ।

जनकपुरको रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन गरेको थियो ।

जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच प्रदर्शनकारीले विरोध र्‍याली र पुत्ला दहन समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host