संवाददाता
June 2, 2021
573 जनाले पढ़िसके
बलिराम कापरी/जनकपुरधाम, जेष्ठ १९
प्रदेश नं.-२ का राजधानी जनकपुरधाम सहित आठवटै जिल्लाका सम्पूर्ण स्थानीय तहहरु लगायत प्रदेशभरी नै जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिका निर्णयअनुसार मशाल जूलूस प्रदर्शन गर्नु भएको छन् ।
जसपा नेपाल प्रदेश समितिले पुर्व निर्धारित गरेका कार्यक्रम अनुसार सम्पूर्ण स्थानीय तहमा नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा मशाल जूलूस प्रदर्शन गर्न गरिएका छन् ।
पछिल्लो समय रास्ट्रपति बिद्यादेवी भण्डारीले संविधानका धाराहरुको नै प्रयोग गरि असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेर संविधान खुलेआम उल्लंघन गरेको बिरोध जसपाका नेता तथा कर्याकर्ताहरुले स्थानीय तह लगायत जिल्लाका सदरमुकामहरुमा बिरोध प्रदर्शन गरेको छ ।